back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा २६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

639 

shares

२६ मंसिर, काठमाडौं । नेपालमा शुक्रबार (२६ मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख २० हजार ६१८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७ हजार ४१४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार ११८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ७७७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३४१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१० जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३७, प्रदेश २ मा ६, बागमती प्रदेशमा ११६,गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ७÷७ जना गरी जम्मा ३१० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा २÷२ जना गरी जम्मा ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, काठमाडौं, ललितपुर र कास्की रहेका छन् भने संक्रमित शून्य रहेको जिल्ला मनाङ रहेको छ । साथै क्वारेन्टिनमा ५१९ जना रहेका छन् ।

त्यस्तै आज थपिएका १०४४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । साथै आज १२७१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।  आज ११ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।

आज देशैभरी १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणबाट मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १०४४ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ४१४ नमुना परिक्षणमा काठमाडौं उपत्यकाका ५४१ सहित १०४४ संक्रमित थपिएका हुन् ।

जसमा प्रदेश १ मा ८९, प्रदेश २ मा २५, बागमती प्रदेशमा ६५४,गण्डकी प्रदेशमा ८६ लुम्बिनी प्रदेशमा ११३, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ६२ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका १२७१ ज्नासँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ४६ हजार ६९४ रहेको छ ।

त्यसैगरी आज देशैभरीका अस्पताल, आइसोलेशन सेन्टर र होम आइसोलेसनमा बसेकामध्ये १२७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज निको भएका १२७१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । निको हुनेको यो दर ९४.४ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ८९५, प्रदेश २ मा १४४, बागमती प्रदेशमा ४,१९५, गण्डकी प्रदेशमा २११, लुम्बिनी प्रदेशमा १०१४, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा ७९८ जना गरी ७ हजार ३४१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ७७७ जनाको उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६७४ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:३५ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...