back
CTIZAN AD

बद्री पङ्गेनी ल्याए – तिम्रो घरमा मेरी छोरी

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

993 

shares

काठमाडाैं । बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन् ।

गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गरेका छन् ।

बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन छ ।

पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ
जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ
दाइजो देको औंठी चल्यो, मान्छे चलेन

गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् ।

विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पु¥याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:४३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...