back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २५ बिहीवार

771 

shares

२५ मंसिर, काठमाडौं । नेपालमा विहिबार (२५ मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख १३ हजार २०४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७ हजार २३२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार ३८६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ६६५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ७२१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३०९ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३६, प्रदेश २ मा ७, बागमती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ७७, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ७÷७ जना गरी जम्मा ३०९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं, ललितपुर र कास्की रहेका छन् भने क्वारेन्टिनमा ५१५ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।

त्यस्तै आज थपिएका १२१७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । साथै आज १२१७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ भने आज १२ जना थपिएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।

आज देशैभरी १२१७ जना कोरोना संक्रमित थपिए, १०६४ निको
आज देशैभरी १२१७ जना नयाँ कोरोना ससंक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ७ हजार २३२ वटा कोरोनाको नमुना परीक्षण गरिएकामा उपत्यकाका ४०४ सहित १२१७ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा महिला ४४३ र पुरुष ७७४ रहेका छन् ।

आज थपिएकामा प्रदेश १ मा १९६, प्रदेश २ मा ४३, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा ११८, लुम्बिनी प्रदेशमा १८३, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २०८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका १२१७ संक्रमित सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
त्यसैगरी आज देशैभरी १०६४ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ७२१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १०६३, प्रदेश २ मा १३६, बागमती प्रदेशमा ४,३७८, गण्डकी प्रदेशमा २६१, लुम्बिनी प्रदेशमा १०५२, कर्णाली प्रदेशमा ७६ र सुदूरपश्चिम प्रदेशमा ७५५ जना गरी ७ हजार ७२१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ६६५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा आज १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको हो ।

आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६३ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २५ बिहीवार १७:३१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...