back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २४ बुधवार

786 

shares

२४ मंसिर, काठमाडौं । नेपालमा बुधबार (२४ मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख ५ हजार ९७२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार २८६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार २४५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ६३६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ६०९ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३३० जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा ७, बागमती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३३० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ५ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ४,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा २/२ जना गरी जम्मा ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं, ललितपुर र कास्की रहेका छन् भने मनाङ र डोल्पा संक्रमित शून्य जिल्ला भएका छन् ।

यसैगरी देशैभरीका क्वारेन्टिनमा ५२५ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोलपा रहेका छन् ।

त्यस्तै आज थपिएका १०५६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । साथै आज १४८३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

त्यस्तै आज १४ जनाको मृत्यु भएसँगै संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।

आज देशैभरी १०५६ जनामा कोरोना संक्रमण, १४८३ जना निको
नेपालमा आज उपत्यकाका ४९६ सहित १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार २८६ नमुना परीक्षणमा १०५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज प्रदेश १ मा ९५, प्रदेश २ मा २६, बागमती प्रदेशमा ६०४, गण्डकी प्रदेशमा १२७, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा १०९ जना गरी १०५६ जना संक्रमित थपिएका हुन् । जसमा महिला ३८६ र पुरुष ६७० जना रहेका छन् ।

आज थपिएका १०५६ जनासँगै नेपालमा हालसम्म २ लाख ४४ हजार ४३३ जना कोरोनाबाट संक्रमित भएका छन् ।

त्यसैगरी आज देशैभरी १४८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार आज थपिएका १४८३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९४.३ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ६०९ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा १०२३, प्रदेश २ मा १५१, बागमती प्रदेशमा ४४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनी प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ जना गरी ७ हजार ६०९ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ६३६ जनाको उपचार भइरहेको छ ।

आज १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको हो ।  आज थपिएका १४ जनासँगै कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा २३ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २४ बुधवार १७:१५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...