back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा २३ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २३ मंगलवार

720 

shares

२३ मंसिर, काठमाडौं । नेपालमा मंगलबार ( २३ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख ९९ हजार ६८६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८ हजार ९४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार ६८६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ६३९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४७ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३५४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३८, प्रदेश २ मा ९, बागमती प्रदेशमा १३८, गण्डकी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३५४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ गरी जम्मा ५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुरमा ५०० भन्दा बढी संक्रमित उपचाररत छन् भने क्वारेन्टिनमा ५२३ जना र शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेका छन् ।

त्यस्तै आज थपिएका १३८२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । साथै आज १६२१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

आज २३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।

आज देशैभरी १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना निको भएर
नेपालमा आज १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८ हजार ९४७ कोरोनाका नमुना परीक्षणमा १३८२ जना संक्रमित भएका हुन् ।

आज थपिएका १३८२ जनामा ५४६ जना महिला र ८३६ जना पुरुष रहेका छन् ।

आज काठमाडौं उपत्यकामा ५९४ जना संक्रमित थपिएका छन् भने प्रदेश अनुसार, प्रदेश १ मा १८२, प्रदेश २ मा २५,बागमती प्रदेशमा ७३१, गण्डकी प्रदेशमा १६२, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १५८ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका १३८२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

त्यसैगरी आज देशैभरीका अस्पताल, आइसोलेसन सेन्टर, तथा होम आइसोलेसनमा रहेका १६२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज निको भएका १६२१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ । निको हुनेको यो दर ९४.१ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ हजार ४७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १११५, प्रदेश २ मा १६२, बागमती प्रदेशमा ४५८०, गण्डकी प्रदेशमा ३६९, लुम्बिनी प्रदेशमा ११०२, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा ६३५ जना गरी ८ हजार ४७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ६३९ जनाको उपचार भइरहेको छ ।

आज एकैदिन २३ जनाको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो
कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:३३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...