२३ मंसिर, काठमाडौं । विभिन्न माग सहित त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले कक्षा र परीक्षा बहिस्कार गर्ने घोषणा गरेको छन् । समान कामभएपनि ज्यालामा समानता नभएको प्रमुख माग राख्दै उनिहरुले कक्षा र परीक्षा बहिस्कार गर्ने निष्कर्ष निकालेका हुन् ।
त्रिविका आंशिक प्राध्यापकले अन्य विश्वविद्यालयका प्राध्यापकको तुलनामा आफुहरुको सेवा सुविधा हुनुपर्ने , प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने लगाएतका मागहरु राखेका छन् । उनीहरुले आफुहरुको माग संबोधन नभए भौतिक उपस्थितिमा सञ्चालन गर्न लागेको कक्षा बहिस्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएको छन् ।
त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले उपकुलपति कार्यालय केन्द्रित आन्दोलन गर्ने बताएको छ । उनीहरुले अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ लाई पुनर्लेखन गर्न समेत माग राखेका छन् ।