back
CTIZAN AD

विश्व हिन्दु परिषदले भन्यो – ‘सिद्धबाबा’को चरित्र हत्या गर्नेमाथि कारबाही हुनुपर्छ

वि.सं.२०७७ मंसिर २३ मंगलवार

906 

shares

काठमाडौं । विश्व हिन्दु परिषद नेपालले ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको चरित्र हत्या गर्नेमाथि कारबाही गर्न माग गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै परिषदले आरोप लगाउनेमाथि कारबाहीको माग गरेको हो ।

हिन्दु परिषदले उजुरीको भरमा कारबाही थाल्ने प्रशासनमाथि पनि प्रश्न खडा भएको बताएको छ । हिन्दु परिषदले प्रशासनबाट भएको व्यहारप्रति खेद व्यक्त गरेको छ ।

आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा सिद्धबाबा भनिने सन्तविरुद्व मुद्दा परेको थियो । आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले २०७६ कार्तिक ४ मा उनीविरुद्व जाहेरी दिएकी थिइन् ।

जसपश्चात सुनसरी प्रहरीले कात्तिक १६ मा उनलाई पक्राउ गरेको थियो । तर, उक्त मुद्दामा उनी एक महिनामै २०७६ साल पुस १४ मा तीन लाख धरौटीमा रिहा भएका थिए ।

जुन मुद्दामा उनलाई सोमबार जिल्ला अदालत सुनसरीले सफाइ दिने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अभियोगको दाबी ठहर नहुने फैसला गरेको थियो ।

यस्तो छ महासंघको विज्ञप्ती

वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:०४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...