back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २२ सोमवार

693 

shares

२२ मंसिर, काठमाडौं । नेपालमा सोमबार ( २२ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख ९० हजार ७३९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार २२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार ९४८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ८८८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ६० रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३३२ संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २९, प्रदेश २ मा ९, बागमती प्रदेशमा ११३, गण्डकी प्रदेशमा ९८, लुम्बिनी प्रदेशमा ६७, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३३२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ५२७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।

त्यस्तै आज थपिएका १०१४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । साथै आज १६२८ जना निको भएसँगै नेपालमा हालसम्मकोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।

आज २० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४१ पुगेको छ ।

आज १०१४ जनामा कोरोना संक्रमण,१६२८ जनाले कोरोना जिते 
आज काठमाडौं उपत्यकाका ४४२ जनासहित देशैभरी १०१४ जना ससंक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका १०१४ जनामा ३७० जना महिला र ६४४ पुरुष रहेका छन् ।

आज प्रदेश १ मा ७६, प्रदेश २ मा २६, बागमती प्रदेशमा ५२४, गण्डकी प्रदेशमा ८३, लुम्बिनी प्रदेशमा १७६, कर्णाली प्रदेशमा ३१ र सुदूरपश्चिम प्रदेशमा ९८ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका १०१४ जनासहित देशैभरी कोरोना ससंक्रमितको संख्या हालसम्म २ लाख ४१ हजार ९९५ पुगेको छ ।

त्यसैगरी आज देशैभरीका अस्पताल, विभिन्न आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेका १६२८ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएका १६२८ जना सहित हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । निको हुनेको यो दर ९४ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ हजार ९० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ११७७, प्रदेश २ मा १९६, बागमती प्रदेशमा ४४२४, गण्डकी प्रदेशमा ३८६, लुम्बिनी प्रदेशमा ११८९, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा ६०१ जना गरी ८ हजार ६० जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ८८८ जनाको उपचार भइरहेको छ ।

आज २० जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशका विभिन्न जिल्लाका २० जनाको मृत्यु भएको हो ।
आज २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म संंक्रमणबाट ज्यान गुमाउनेको संख्या १६२८ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा २१ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ मंसिर २२ सोमवार १७:२७ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...