
२२ मंसिर, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले नयाँ एटीएम काउन्टर विस्तार गरेको छ । बैंकले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको हो ।
करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छृृे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे ।
हाल सम्म बैंकको ८३ वटा शाखा रहेका छन् । यसैगरि, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिदै आइरहेको छ ।