काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभरि सरकारविरुद्व सडक प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै कांग्रेसले आज प्रदर्शन गरेको हो ।
काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट कांग्रेसले र्याली निकालेको छ । काठमाडौंको प्रदर्शनको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा भने मकवानपुर पुगेका छन् ।
गत मंसिर २१ मा पुल उद्घाटन गर्न तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता पौडेलमाथि प्रहरी प्रशासनबाट अभद्र व्यवहार भएसँगै कांग्रेस आक्रोशित भएको थियो । उक्त घटनाबाट आक्रोशित कांग्रेसले आज प्रदर्शन गर्ने तयारी गरेको थियो ।




वि.सं.२०७७ मंसिर २९ सोमवार १४:३८ मा प्रकाशित






























