
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् । उनले आलोचकलाई भ्रष्टाचार गरेको प्रमाण ल्याए तत्कालै राजीनामा पनि दिने चुनौति दिएकी छिन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो चुनौति दिएकी हुन् । उनले भनेकी छिन्, ‘आज म प्रतिज्ञा गर्छु ,खानेपानी मन्त्रालय मा एक रुपैया भ्रस्टाचार गरेको प्रमाण देखाउनुस् म राजिनामा दिन्छु ।’
मन्त्री मगरले आफ्नो यात्रा देश समृद्ध बनाउने बाहेक केहि नरहेको पनि दाबी गरिन् । ‘देश समृद्ध बनाएरै छाड्छौ’, उनले भनेकी छिन् ।
आज म प्रतिज्ञा गर्छु ,खानेपानी मन्त्रालय मा एक रुपैया भ्रस्टाचार गरेको प्रमाण देखाउनुस् म राजिनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौ ।
— Bina Magar (@Magarbina123) December 14, 2020
पछिल्लो समय खानेपानी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको चर्चा चलिरहेको बेला मन्त्री मगरले आलोचकलाई यस्तो चुनौति दिएकी हुन् ।
कतिपय आलोचकले मन्त्री मगरको चुनौति व्यर्थपूर्णं भएको टिप्पणी गरेका छन् । उनको ट्विटा धेरैले ‘जोक गरेको’ भन्ने प्रतिक्रिया पनि दिएका छन् ।