back
CTIZAN AD

के छ नयाँ अध्यादेशमा ? हेर्नुहोस् पूर्णंपाठ

वि.सं.२०७७ मंसिर ३० मंगलवार

939 

shares

३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा नै संवैधानिक परिषदको बैठक बस्न मिल्नेगरि अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको हो ।

अध्यादेशमा संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गरी अध्यक्ष (प्रधानमन्त्री)सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठक गर्न मिल्ने व्यवस्था छ । संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ । हाल उपसभामुखको पद रिक्त छ ।

अध्यादेशसँगै प्रधानमन्त्री र परिषदका अन्य दुई जना सदस्य उपस्थित भएमा परिषदको बैठक बस्न सक्नेछ । यसअघि बैठक बस्नका लागि प्रधानमन्त्रीसहित अन्य चार सदस्य आवश्यक पर्ने व्यवस्था थियो । अध्यादेशबाट उक्त व्यवस्थालाई हटाइएको हो ।

मंगलबार प्रधानमन्त्री (अध्यक्ष) केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण स्थगित भएको थियो । बैठक स्थगित भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।

यस्ताे छ अध्यादेशकाे पुर्णँ पाठ

वि.सं.२०७७ मंसिर ३० मंगलवार १७:५९ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...