back
CTIZAN AD

संवैधानिक परिषदसम्बन्धी अध्यादेश : प्रधानमन्त्रीसहित ३ जना भए मात्रै पनि बैठक बस्न मिल्ने (अध्यादेशसहित)

वि.सं.२०७७ मंसिर ३० मंगलवार

798 

shares

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा नै संवैधानिक परिषदको बैठक बस्न मिल्नेगरि अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको हो ।

अध्यादेशमा संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गरी अध्यक्ष (प्रधानमन्त्री)सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठक गर्न मिल्ने व्यवस्था छ । संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ । हाल उपसभामुखको पद रिक्त छ ।

अध्यादेशसँगै प्रधानमन्त्री र परिषदका अन्य दुई जना सदस्य उपस्थित भएमा परिषदको बैठक बस्न सक्नेछ । यसअघि बैठक बस्नका लागि प्रधानमन्त्रीसहित अन्य चार सदस्य आवश्यक पर्ने व्यवस्था थियो । अध्यादेशबाट उक्त व्यवस्थालाई हटाइएको हो ।

मंगलबार प्रधानमन्त्री (अध्यक्ष) केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण स्थगित भएको थियो । बैठक स्थगित भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।

यस्ताे छ अध्यादेशकाे पुर्णँ पाठ

सम्बन्धित समाचार

नेकपा विवाद चुलिएको बेला राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश

अध्यादेशप्रति आपत्ति जनाउँदै प्रचण्डले भने – यो लोकतन्त्रको उपहास हो

वि.सं.२०७७ मंसिर ३० मंगलवार १७:४५ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...