back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ३० मंगलवार

597 

shares

३० मंसिर, काठमाडौं । नेपालमा मंगलबार (३० मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख ४३ हजार ५८१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७ हजार ११७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ९ हजार ८८१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ७७८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार १०३ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३२१ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३७, प्रदेश २ मा ९, बागमती प्रदेशमा १२७, गण्डकी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा ३८, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३२१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ४८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, काठमाडौं, ललितपुर र कास्की रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ । साथै देशैभरीका क्वारेन्टिनमा ४५७ जना रहेका छन् ।

त्यस्तै आज थपिएका ९३६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । साथै आज १९९६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

आज १४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ ।

आज देशैभरी ९३६ जना कोरोना संक्रमित थपिए, १९९६ जना संक्रमणबाट मुक्त
नेपालमा आज ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ७ हजार ११७ वटा नमुना परीक्षणमा ९३६ जनामा संक्रमण थप पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज उपत्यकामा ४३८ जना थपिएका छन् भने प्रदेश अनुसार, प्रदेश १ मा ११०, प्रदेश २ मा ९, बागमती प्रदेशमा ५२४, गण्डकी प्रदेशमा ११३, लुम्बिनी प्रदेशमा १०१, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा ६७ जना गरी ९३६ जना थपिएका हुन् । जसमा महिला ३५१ र ५८५ जना पुरुष थपिएका छन् ।
आज थपिएका ९३६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

त्यसैगरी आज देशैभरी १९९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार आज निको भएका १९९६ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । निको हुनेको यो दर ९५.३ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ हजार १०३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २६६, प्रदेश २ मा २४, बागमती प्रदेशमा ३,४२४, गण्डकी प्रदेशमा ८९९, लुम्बिनी प्रदेशमा ६९८, कर्णाली प्रदेशमा ११५ र सुदूरपश्चिम प्रदेशमा ६७७ जना गरी ६ हजार १०३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ७७८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट १७३० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ३० मंगलवार १७:३५ मा प्रकाशित

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...