back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २९ सोमवार

693 

shares

२९ मंसिर, काठमाडौं । नेपालमा सोमबार (२९ मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख ३६ हजार ४६४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५ हजार ४२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमितको संख्या १० हजार ९५५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ६१५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३४० रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २७३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ८, बागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ७१, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा १० जना गरी जम्मा २७३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ५४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै काठमाडौं, कास्की र ललितपुरमा ५०० भन्दा बढी संक्रमित उपचाररत छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ । साथै देशैभरीका क्वारेन्टिनमा ४७१ जना रहेका छन् ।

त्यस्तै आज थपिएका ८२१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । साथै आज ८४२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

आज १८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७१६ पुगेको छ ।

आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना निको भए
आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ४२३ नमुना परीक्षणमा ८२१ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ८२१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ८४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । निको हुनेको यो दर ९४.९ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ३४० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ५७०, प्रदेश २ मा ७७, बागमती प्रदेशमा ३,७८२, गण्डकी प्रदेशमा ११०९, लुम्बिनी प्रदेशमा ९४४, कर्णाली प्रदेशमा १२१ र सुदूरपश्चिम प्रदेशमा ७३७ जना गरी ७ हजार ३४० जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,६१५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १८ जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा आज पनि १८ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लामा १८ जना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका १८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७१६ पुगेको छ ।

कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ज्यान गुमाएका १७१६ जना मध्ये प्रदेश १ मा २१०, प्रदेश २ मा २०७, बागमती प्रदेशमा ८१७, गण्डकी प्रदेशमा १३२, लुम्बिनी प्रदेशमा २२२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिममा ५० जना रहेका छन् ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १७:४२ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...