back
CTIZAN AD

प्रेम दर्नाललाई पुनः पक्राउ गर्न गएको प्रहरी टोली झुक्किएपछि…

वि.सं.२०७७ मंसिर २९ सोमवार

840 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता प्रेम दर्नाल रिहा भएका छन् । उनी सर्वौच्च अदालतको आदेशअनुसार आइतबार रिहा भएका हुन् ।

सर्वौच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्दै आइतबार उनलाई रिहा गर्न आदेश दिएको थियो । सर्वौच्चको आदेशपछि ललितपुर जिल्ला अदालतका श्रेस्तेदारको रोहबरमा उनलाई रिहा गरिएको हाे ।

तर, प्रहरी झुक्किएपछि पुनः पक्राउ परेनन्

अदालतको आदेशअनुसार रिहा भएका दर्नाललाई पुनः पक्राउ गर्न प्रहरी टोली अदालत परिसर बाहिर कुरेर बसेका थिए । तर, प्रहरीले प्रेम दर्नालको साटो उनका भाई प्रमेश दर्नाललाई पक्राउ गरेको छ ।

प्रहरी टोली झुक्किएपछि प्रेमका भाई प्रमेश दर्नाल पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरि भक्तपुर पुर्याएपछि दाई नभई भाई प्रमेश भएको थाहा पाएकाे थियाे ।

जनाइएअनुसार अहिले प्रमेशमाथि अभद्र व्यवहारको मुद्दा लगाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट १० दिन म्याद थप गरि हिरासतमा राखिएको छ ।

विप्लव नेतृत्वको नेकपाका आर्थिक विभाग सदस्यसमेत रहेका प्रेम दर्नाल गत मंसिर ६ मा ललितपुरबाट पक्राउ परेका थिए ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १९:२२ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...