
२९ मंसिर, काठमाडौं। च्याम्पियन्स लिग अन्तरगत राउण्ड अफ १६ मा भिड्ने टिमको तए भएको छ । जस अन्तरगत साबिक विजेता बायर्न म्युनिखले इटालियन क्लब लाजिवको सामना गर्ने भएको छ ।
स्पेनिस च्याम्पियन रियल मड्रिड इटालियन क्लब एटालान्टा सँग भिड्ने भएको छ । त्यस्तै प्रिमियर लिग बिजेता लिभरपुल जर्मन क्लब आरबी लेपिजसँग भिड्ने भएको छ । भने इटालियन च्याम्पियन युभेन्टस् पोर्चुगिज च्याम्पियन पोर्टो सँग भिड्ने भएको छ ।
अन्य प्रतिष्पर्धिहरुमा,
बोरुसिया मोन्चेन ग्ल्याडव्याचका बिरुद्ध म्यान्चेस्टर सिटी
लाजिवका बिरुद्ध बायर्न म्युनिख
एट्लेटिको म्याड्रिडका बिरुद्ध चेल्सि
आरबी लेपिजका बिरुद्ध लिभरपुल
पोर्टोका बिरुद्ध युभेन्टस
बार्सिलोनाका बिरुद्ध पियसजी
सेभिल्लाका बिरुद्ध बोरुसिया डर्टमन्ड
रियल म्याड्रिडका बिरुद्ध एटालान्टा