
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री एवं नेकपाकी केन्द्रीय सदस्य गंगा दाहालले अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने बताएकी छिन् । अध्यादेशले नेपाली जनता र समग्र आन्दोलनमाथि नै अपमान गरेको दाहालको भनाई छ ।
पार्टीको स्थायी समितिको बैठक चलिरहेको बेला र पार्टीभित्र अन्तरविरोध चर्किरहेको बेला संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत भएको उनको भनाई छ । उनका अनुसार शक्ति र सत्ताको दुरुपयोग गरि ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौति दिएको छ ।
पार्टी को स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसद लाई समेत बन्धक बनाई अध्यादेश…
Posted by Ganga Dahal on Tuesday, December 15, 2020
‘पार्टी को स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसद लाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत छ, नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ’, सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेश मार्फत मुलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ।’