back
CTIZAN AD

अध्यादेशप्रति आपत्ति जनाउँदै प्रचण्डले भने – यो लोकतन्त्रको उपहास हो

वि.सं.२०७७ मंसिर ३० मंगलवार

810 

shares

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । उनले अध्यादेश तत्काल खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

अध्यादेश जारी भए लगत्तै एक अनलाईन सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले संसदको अधिवेशन बोलाउन माग गरिरहेको बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरे । ‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले एक अनलाईन सञ्चारमाध्यमसँग भनेका छन्, ‘यो बदनियतपूर्ण छ र तरुन्त खारेज हुनुपर्छ ।’

सरकारले बहुमत सदस्यकै उपस्थितिमा संवैधानिक परिषद् बैठक बस्न सक्ने गरि अध्यादेश ल्याएको छ ।

यसअघि मंगलबार संवैधानिक परिषदको बैठक गणपुरक संख्या नपुगेसँगै स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले केही अडान राख्दै बैठक बहिस्कार गरेका थिए ।

बैठक स्थगित भए लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक राख्दै अध्यादेश जारी गर्न सिफारिस गरेका हुन् । मन्त्रिपरिषदबाट सिफारिस भएलगत्तै राष्ट्रपतिले जारी गरेकी छिन् ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १५:३४ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...