Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

नेकपा विवाद चुलिएको बेला राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

हाल सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएको छ । संवैधानिक परिषदका नियुक्तीहरु नेकपा विवादकै कारण अन्यौंलमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितका कारण स्थगित हुन पुगेको थियो ।

संवैधानिक परिषद बैठकसम्बन्धी कार्यविधि (संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) सम्बन्धी ऐन २०६६ को दफ ६ (३))मा बैठक बस्न अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, बैठकमा एक सदस्य अनुपस्थित भएपनि निर्णय मिल्दैन् । हाल उपसभामुख नभएको कारण एक सदस्य स्वभाविक रिक्त छ ।

आज परिषद बैठक स्थगित भए लगत्तै मन्त्रिपरिषदको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकमार्फत परिषद् नयाँ अध्यादेश जारी गर्न लागि सिफारिस गरेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा