back
CTIZAN AD

नेकपा विवाद चुलिएको बेला राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश

वि.सं.२०७७ मंसिर ३० मंगलवार

768 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

हाल सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएको छ । संवैधानिक परिषदका नियुक्तीहरु नेकपा विवादकै कारण अन्यौंलमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितका कारण स्थगित हुन पुगेको थियो ।

संवैधानिक परिषद बैठकसम्बन्धी कार्यविधि (संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) सम्बन्धी ऐन २०६६ को दफ ६ (३))मा बैठक बस्न अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, बैठकमा एक सदस्य अनुपस्थित भएपनि निर्णय मिल्दैन् । हाल उपसभामुख नभएको कारण एक सदस्य स्वभाविक रिक्त छ ।

आज परिषद बैठक स्थगित भए लगत्तै मन्त्रिपरिषदको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकमार्फत परिषद् नयाँ अध्यादेश जारी गर्न लागि सिफारिस गरेको बताइएको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १४:३७ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...