१ पुस, काठमाडौं । चटपटे बेच्ने टहरोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, शंखरापुर नगरपालिका–६ साँखु बस्ने सोलुखुम्बु गार्मा गाउँपालिका–२ घर भएका ६५ वर्षीय ग्याल्जेन तामाङ कागेश्वंरी मनोहरा नगरपालिका–५ थली भिमबारीस्थित चटपटे बेच्ने टहरोमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।