back
CTIZAN AD

जितसँगै लिभरपुल शीर्ष स्थानमा

वि.सं.२०७७ पुस २ बिहीवार

657 

shares

२ पुस, काठमाडौं । लिभरपुलका लागि दोस्रो हाफको अन्तिम मिनेटमा रोवर्टो फिर्मिनोले गोलगर्दा टोटनहम हट्सपर पराजित भएको छ । जितसँगै लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा उर्किलिएको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ एकएकको बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ९० औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुल बिजयी बन्यो । जितसँगै लिभरपुलले टोटनहमसँग ३ अंकको अग्रता बनाउदै शिर्ष स्थानमा रह्यो ।

खेलको पहिलो हाफको २६औं मिनेटमा मोहम्मद सालाहाले लिभरपुलको लागि गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफकै ३३औं मिनेटमा हेउन मिन सनले टोटनहमका लागि बराबरी गोल फर्काए ।

जितसँगै १३ खेलबाट लिभरपुलकाे २८ अंक रहेको छभने समान खेलबामा एक हार बढी व्यहोरेको टोटनहमको २५ अंक रहेको छ ।

लेस्टर एभरटनसँग पराजित

गएराति भएको खेलमा लेस्टर सिटी एभरटनसँग पराजित भएको छ । एभरटनको जितमा २१औं मिनेटमा रिचार्लिसन र ७२औं मिनेटमा मासोन होल्गेटले गोल गरे । हारपछि १३ खेलबाट २४ अंक रहेको लेस्टर चौथौ स्थानमानै कायम रह्यो । उले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । भने एभरटन जितका साथ समान खेलबाट २३ अंक बनाउदै ५ औ स्थानमा उक्लिएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १०:११ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...