३ पुस, काठमाडौँ । दुईदिन देखि लगातार रुपमा सुनको मूल्य उकालो लागिरहेको छ ।
बिहिबार ९३ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज ८ सयले बढेर प्रतितोला ९४ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि ८ सयले बढेर ९३ हजार ८५० रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला १२५५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैँयाले बढेर प्रतितोला १२८० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।