३ पुष, काठमाडौँ । पाकिस्तान र न्यूजिल्याण्ड र बिचको पहिलो टि-२० मा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा हुने पहिलो टि-२० पाकिस्तानको कप्तानी शादाब खानले गर्ने छन भने न्यूजियाण्डको कप्तानी मिचल श्यान्टनरले गर्ने छन ।
पाकिस्तानका टि-२० क्रिकेट टिमका कप्तान बाबर आजम प्रशिक्षणका क्रममा चोटिल भएर टि-२० श्रृखला बाहिरि सकेका छन भने न्यूजिल्याण्डका कप्तान केन विलियमशनले पनि पहिलो टि-२० गुमाउने छन ।
यी दुई टिम बिच यस अघि भएको ५ टि-२० खेलमा पाकिस्तानले सबै जित हासिल गरेको छ । अकल्याण्डमा हुने पहिलो टि २० नेपाली समय अुनसार ११:४५ बाट सुरु हुने छ ।
पाकिस्तानको सम्भावित प्लेइङ्ग-११
हैदर अली, अब्दुल्ला शफीक, शादाब खान, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, इमाद वसीम, वहाब रियाज, हरिस रउफ, शाहीन अफरीदी, फाहिम असरफ ।
न्यूजिल्याण्डको सम्भावित प्लेइङ्ग-११
मार्टिन गप्टिल, टिम सेफर्ट, डेवन कानवे, ग्लेन फिलिप्स, मार्क चेपम्यान, जेम्स नीशम, मिचल श्यान्टनर, ईश सोधी, स्कट कुग्लेइजन, ब्लेयर टिकनर, ज्याकब डफी ।
वि.सं.२०७७ पुस ३ शुक्रवार ११:३० मा प्रकाशित
























