back
CTIZAN AD

सव–इन्जिनियर गुरुङ घुस सहित पक्राउ

वि.सं.२०७७ पुस ३ शुक्रवार

687 

shares

३ पुस , काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, स्याङजा अन्तर्गत भीरकोट नगरपालिकामा रहेको भुकम्प शाखाकी असिष्टेन्ट सव–इन्जिनियर भगवती राउत गुरुङ घुस सहित पक्राउ परेकी छन् ।

असिस्टेन्ट सव–इञ्जिनियर गुरुङले सेवाग्राहीको भुकम्पबाट क्षति भई घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिएवापत विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले गुरुङलाई ५ हजार घुस लिइसकेको अवस्थामा अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानको सिलसिलामा निज गुरुङले उक्त कार्य गरि घुस लिएको प्रमाणित हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १२:०९ मा प्रकाशित

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...