
३ पुष, काठमाडौँ । अकल्याण्डमा चलिरहेको पाकिस्तान र न्यूजिल्याण्ड बिचको पहिलो टि-२० मा पाकिस्तानले न्यूजिल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान सादाब खानले सर्वाधिक ४२ रन बनाएका थिए भने फाहिम असरफले १८ बलमा ३८ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई सम्मान जनक स्कोरमा पुराएका थिए ।
न्यूजिल्याण्डका लागि बलिङ्गमा ज्याकब डफीले सर्वाधिक ४ विकेट हात पारे भने स्कट कुग्लेइजनले ३, ईश सोधी र ब्लेयर टिकनर १/१ विकेट हात परेका थिए ।
पहिलो टि -२० जित निकाल्नको लागि न्यूजिल्याण्डले २० ओभरमा १५४ रन बनाउने पर्ने भएको छ ।