back
CTIZAN AD

पशुपन्छीमाथि हुने दुव्र्यवहारलाई अन्त्य गर्न पशु कल्याण ऐनको माग

वि.सं.२०७७ पुस ४ शनिवार

654 

shares

४ पौष, काठमाडौं । पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दे आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुव्र्यवहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ । पशु स्वास्थ्य, खाद्य सुरक्षा तथा उत्पादनमा पशुु कल्याणका सवाललाई सम्बोधन गर्न संस्थाले सरोकारवाला पक्षसँग हालै गोष्ठी गरी पशुसेवा विभागको अगुवाइमा उक्त ऐनको मस्यौदा तयार भई मन्त्रालयमा पुुगेको जनाएको छ ।

पशु कल्याण निर्देशिका २०७३, पशु ढुवानी मापदण्ड २०६४, मुलुकी अपराध संहिता ऐन २०७४, मा पशु कल्याणका सवालमा सम्बोधन गर्न खोजेको भए पनि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताए । पशु कल्याणको विषयलाई व्यवस्थित बनाउन स्थानीय तहमा दक्ष जनशक्ति तयार तथा पूर्वाधारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

पशु कल्याणका क्षेत्रमा क्रियाशील सो संस्थाले काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका तीन हजार जनावरको उपचारमा सहयोग पुरयाएको छ । छाडा पशुचौपाय, सामुुदायिक कुकुर उपचार, उद्धार, पुनःस्थापनाका साथै रेबिजविरुद्ध खोप लगाउने काममा सहयोग गरेको जनाएको छ । गत वर्ष तराईका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपत्तिको समयमा कैलालीमा गाई, भैँसी, कुकुरलगायत दुुई हजार पशुको उपचार गरेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिए ।

संस्थाले वार्षिक १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ भने देशका विभिन्न ५०० विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । रासस

वि.सं.२०७७ पुस ४ शनिवार ११:४३ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...