back
CTIZAN AD

न्यानो कपडा वितरण गर्न रसुवामा गरीब घर परिवारको पहिचान गरिदैँ

वि.सं.२०७७ पुस ४ शनिवार

666 

shares

४ पौष, रसुवा । चिसोका कारण कठ्याङ्ग्रिने क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान र विवरण लिने कार्य सम्पन्न गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका गरिब जनतालाई चिसोबाट जोगाउने सरकारको नीति कार्यान्वयन गर्दै रातको समयमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विवरण सङ्कलन गराउने काम सम्पन्न गरेको हो ।

उत्तरी रसुवामा निकै चिसोपन बढेको र फाट्टफुट्ट वर्षा हुँदासाथ हिमपात हुने सम्भावनालाई मध्यनजर राख्दै जुन स्थानीयवासीले खरिद गर्न सक्दै त्यस्ता गरिब परिवारलाई दिनको समयमा आगो ताप्न लाङटाङ राष्ट्रिय निकुञ्ज एवं जिल्ला वन कार्यालय रसुवामार्फत दाउरा उपलब्ध गराउने व्यवस्था मिलाइ सकिएको छ ।

रातको समयमा सुत्न आवश्यक पर्ने तातोलुगा र कम्बल वितरणका लागि पूर्वतयारीको विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । स्थानीय तहमार्फत सङ्कलन गरिएको विवरणमा ६३३ को नामावली प्राप्त भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट प्राप्त नामावली यकिन गर्ने कामसमेत अगाडि बढाई न्यानो कपडा र कम्बल खरिदको रकम निकासा गर्न गृहमन्त्रालयमा अनुरोधपत्रसमेत पठाइ सकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

पुस महिनाको प्रारम्भसँगै समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथिका भागमा पानी जम्न थालिसकेको कारण स्थानीयवासीले घरआँगनमा आगो बालेर ताप्न थालिसकेका छन् । चिसोको असरले कालिका गाउँपालिकाको स्याउबारी, राम्चे तथा ग्राङ नौकुण्ड गाउँपालिकाको यार्सा, सिङ्बन्दी, चोरेचो, गाङभर, गोसाइँकुण्ड गाउँपालिकाको ठाडे, धुञ्चे, नागुङ, भार्खु, ठूलोस्याफ्रु, लाङटाङ, बृद्विम, ब्राबल, टिमुरेको खैदी, थुमन क्षेत्र हिमपातको समयमा बढी प्रभावित हुुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

यसैगरी उत्तरगया गाउँपालिकाको तिरू, मरूम्राङ एवं आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, गतलाङ, ग्रे, गोल्जुङ, सिम्बु, टेचाङ्दे, तातोपानी पाजुङलगायतका स्थानमा भारी मात्राले हिमपात हुने स्थानीयवासीले विगतको यथार्थ अनुभव बताएका छन् ।

हिमापात भएको बेला पैदलमार्गसमेत चिप्लो हुने भएकाले जोखिम अवस्थामा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, बालबालिका र ज्येष्ठ नागरिकलाई घरभित्रको तातो स्थानमा राख्न, तातोतातो खानेकुरा खाना खुवाउन, न्यानो लुगा प्रयोेग गर्न गराउन, घरभित्र आगो बाल्दा झ्याल वा ढोका दुईमध्ये एक खुल्ला राख्न र उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरिएको प्रजिअ पन्तले बताए। रासस

वि.सं.२०७७ पुस ४ शनिवार ११:१५ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...