back
CTIZAN AD

सुत्केरीलाई स्वास्थ्यकर्मीको सहयोग

वि.सं.२०७३ माघ ३ सोमवार

900 

shares

३ माघ,सोलुखुम्बु (सल्लेरी)। नवजात शिशुलाई जन्म दिएपछि बेहोस बनेकी जलेश्वरी–६ खोटाङकी सङ्गीता पुरीलाई जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वय तथा सोलु अस्पताल फाप्लुमा कार्यरत स्वास्थ्यकर्मीको आर्थिक सहयोगमा थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ ।

पुस २९ गते साँझ ७ बजे आफ्नै निवासमा शिशुलाई जन्म दिएकी १९ वर्षया पुरी सोही दिन राति ९ बजेदेखि बेहोस बनेको पारिवारिक स्रोतको भनाइ छ ।

स्रोतका अनुसार लामो समयसम्म सुत्केरीको होस नफर्केपछि माघ १ गते दिउँसो करिब २ बजे सोलुु अस्पताल फाप्लुमा थप उपचारका लागि ल्याइएको थियो । अस्पतालमा भर्ना भएकी सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि काठमाडौँ पठाउनुपरेको अस्पतालका डा राजेन्द्र बस्नेतले बताउनुभयो ।

डा बस्नेतका अनुसार गर्भावस्थामा उच्च रक्तचापका कारण मिर्गाैलाले काम गर्न छाडेपछि सुत्केरी बेहोस बनेकी हुन् । जनचेतनाको कमीका कारण सुत्केरी पुरीले एकपटक पनि गर्भजाँच नगराएको पाइएको पनि उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण जिल्ला जनस्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वयमा स्वास्थ्यकर्मीको सहयोगस्वरुप दुईवटा हवाई टिकट, निःशुल्क उपचार सेवा र काठमाडौँ मेडिकल कलेज, काठमाडौँमा विशेष छुटमा उपचारको व्यवस्था गरिएको अस्पतालका डा राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सिमपानी खोटाङ निवासी दिनेश गिरीसँग करिब एक वर्ष अगाडिमात्र वैवाहिक बन्धनमा बाँधिएकी पुरीको घरको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमान्ले विवाहपश्चात् श्रीमतीलाई माइती घरमा छाडेर वैदेशिक रोजगारीमा गएको भए पनि हेरविचार नगरेको उहाँका माइती पक्षले आरोप लगाएका छन् । रासस

वि.सं.२०७३ माघ ३ सोमवार ०७:३२ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...