काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम प्रतिगामी भएको बताएका छन् । ओलीको कदमबारे प्रारम्भिक प्रतिक्रया दिँदै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार प्रधानमन्त्रीले संविधानअनुसार संसद विघटन गर्न मिल्दैन् । सामाजिक सञ्जालमार्फत प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।’
उनले संसद विघटन गर्ने निर्णय लागु हुन नसक्ने बताए । प्रवक्ता श्रेष्ठले ओलीको प्रतिगामी कदमविरुद्व एकजुट हुन गणतन्त्रवादी शक्तिहरुलाई आव्हान गरेका छन् ।
आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।यो लागु हुन सक्दैन।यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।
— NKShresthaPrakash (@nksthaprakash) December 20, 2020
‘यो लागु हुन सक्दैन, यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं’, उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउँदै संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:४९ मा प्रकाशित






























