५ पुष, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ भने १ लाख ४५ हजार भन्दा बढि संक्रमित भएका छन ।
पछिल्लो २४ घण्टामा २६ हजार ८ सय ३४ जना नयाँ संक्रमित थपिएसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार ६ सय ५९ पुगेको छ ।
त्यसैगरि शनिबार नै भारतमा ३ सय ४२ जनाको मृत्यु पछि यस माहामारीबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५ सय ३१ पुगेको हो । भारतमा अहिले पनि ३ लाख ५ हजार ७ सय ७७ जना संक्रमित अवस्थामै रहेका छन भने ९५ लाख ८० हजार ४ सय २ जना कोरोना मुक्त भएका छन ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:५५ मा प्रकाशित





























