५ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिको कदमपछि नेपाली कांग्रेसले बैठक बोलाएको छ । प्रधानमन्त्रीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको हो।
बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने जनाइएको छ । प्रधानमन्त्रीको कदमबारे धारणा बनाउन र आगामी बाटो तय गर्न बैठक बस्न लागेको हो।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम बाहिरिएलगत्तै यसलाई कांग्रेशले राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएको थिए ।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेको थियो।
वि.सं.२०७७ पुस ५ आइतवार १३:०२ मा प्रकाशित






























