back
CTIZAN AD

संसद विघटन गर्ने ओलीको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह

वि.सं.२०७७ पुस ५ आइतवार

765 

shares

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।

पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रधानमन्त्री ओलीको निर्णयले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर बज्रपात गरेको बताइएको छ । यो कदम संविधान विरोधी रहेको विज्ञप्तीमा उल्लेख छ ।

‘सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र फिर्ता लिन दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको छֹ’ , विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको यो कदम २०६२-०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ ।’

महासंघले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयको विरोध गर्न सम्पूर्णं लोकतन्त्रका पक्षधरलाई पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउँदै संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

वि.सं.२०७७ पुस ५ आइतवार १३:०४ मा प्रकाशित

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...