back
CTIZAN AD

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

वि.सं.२०८३ जेठ २८ बिहीवार

357 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा उहाँले उक्त राजमार्गका किनारमा बनेका घर तथा त्यहाँ सञ्चालन भएका होटललगायत व्यवसाय प्रभावित हुने भएकाले जनताका घर तथा उनीहरूलाई बेरोजगार हुनबाट जोगाउन ती घर नभत्काउन आग्रह गरेको हुन् ।

“वर्षायाम सुरु हुन लाग्यो, जनता घर भत्किने चिन्तामा छन्, उनीहरूको रोजगारी गुम्ने अवस्था छ”, उनले भने, “सडक विभागको सूचनाले उनीहरू त्रसित छन् । नागरिकका निजी घर भत्काउने निर्णय फिर्ता लिनुपर्छ ।”

सांसद नीता घतानीले काठमाडौँमा दलितमाथि भएको विभेदको विरोध गर्नुभयो भने अर्का सांसद ज्ञानबहादुर शाहीले महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका अनियमितता छानबिन गर्न माग गरे ।

सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गका विभिन्न स्थान भत्किँदा सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनका निम्ति अविलम्ब सडक मर्मतसम्भार गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:१६ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...