५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै उनको चौतर्फि आलोचना भएको छ ।
आइतबार प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस गरेसँगै उनको कदम विरुद्ध विभिन्न राजनैतिक दलहरु प्रदर्शनमा उत्रने भएका छन् ।
यसैको विरोधमा विवेकशीले साझा पार्टीले दिउँसो ३ बजे बालुवाटारमा प्रदर्शन गर्ने भएको हो ।
पार्टीले केपी ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन गरिने जानकारी दिँदै बुटवलको पुष्पलाल पार्क, विराटनगरको ट्राफिक चोक, चितवनको चौविस कोठी, पोखराको महेन्द्रपुललगायतका ठाउँमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने भएको छ ।
वि.सं.२०७७ पुस ५ आइतवार १४:२२ मा प्रकाशित






























