काठमाडौं । नेकपाका स्थायी समिति सदस्यहरु पूर्वनिर्धारित बैठकका लागि बालुवाटार पुगेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले निर्णय गरेअनुसार बैठक बस्नको लागि सदस्यहरु बालुवाटार पुगेका हुन् ।
पार्टीको स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार हाल बैठक स्थलमा अधिकांश सदस्यहरु जम्मा भईसकेका छन् । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसाउँदै संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
वि.सं.२०७७ पुस ५ आइतवार १४:२३ मा प्रकाशित






























