७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ । उक्त बैठकमा पूर्व माओवादी पक्षका नेता टोपवहादुर रायमाझी र मणि थापा पनि उपस्थित भएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार पूर्व माओवादी पक्षका स्थायी कमिटी सदस्य रायमाझी र थापा बैठकमा उपस्थित भएका छन् । यसअघि कुनैपनि पक्षको बैठकमा रायमाझी र थापा सहभागी भएका थिएनन् ।
आजै प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा दिउँसो एक बजे बोलाइएको छ । उनीहरुले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने यसअघिको निर्णयलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी गरेका छन् ।
वि.सं.२०७७ पुस ७ मंगलवार १२:०५ मा प्रकाशित





























