काठमाडौं । पुष ७ सम्म कुनै करीस्माई घटना नघटे नेपालको सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी बिभाजनको घोषणा निश्चित छ । नेकपाको नेतृत्वमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहले ७ गतेको केन्द्रीय कमिटी बैठकवाट अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दैछ । कारबाहीको स्वरुप ओलीलाई अध्यक्षसहित साधारण सदस्यताबाट समेत हटाउने खालको रहने निश्चित छ । उक्त बैठकमा ओलीको उपस्थीतिको आशा शुन्य बराबर हो ।
ओली उपस्थीत नहुने बैठकको यहि निर्णय नै ओलीका लागी सर्वोत्तम हतियार हुने छ । किनकी ओलीलाई हटाइएको उक्त निर्णयको वैधानीकता माथी पक्का प्रश्न उठ्नु स्वभावीक हुन्छ । नेकपाका हरेक निर्णयको कानुनी वैधताका लागी अध्यक्षले नै प्रमाणित गर्नुपर्दछ । नेकपाको एक नम्वरका अध्यक्ष ओली हुन ।
प्रचण्ड समुहले एक्सन गर्नासाथ ओलीले पनि फायर खोल्नु स्वभाविक हो । प्रचण्ड समुहले ओलीलाई बाहिरको वाटो देखाउने निर्णय गर्नासाथ ओलीले उक्त निर्णयको वैधानिकता माथि प्रश्न उठाउँदै आफनै अध्यक्षतामा वैठक वसेर नेकपाको वैधानीक अध्यक्ष आफु रहेको र सुर्य चिन्ह आफुसँग सुरक्षित हुनुपर्ने दलिल पेस गर्नेछन् । र नेकपा र सुर्य चिन्ह आफैले राख्ने छन् ।
आफुले नबोलाएको र अध्यक्षता नगरेको बैठकलाई ओलीले पक्कै चुनौती दिनेछन । यससँगै नेकपा विभाजनको पेच फस्ने निश्चित छ । ओलीलाई हटाइएको पत्र निर्वाचन आयोगमा नबुझाउँदा अध्यक्षको रुपमा ओलीनै रहने र बुुझाउँदा वैधानीक लँडाइको पेच अझ पेचिलो हुने दोहोरो अप्ठ्यारोमा अहिले प्रचण्ड समुह फसेको छ ।
ओलीले प्रचण्ड समुहले आफुविरुद्ध जालसाजी गरीरहेको जानकारी गत वर्षको फागुनमै पाएका थिए । यस कारण पनि उनले हरेक कदम चाल्दा खुब होसियारी पुर्याएका छन् । भनिन्छ, पुष ७ को सम्भावित खड्कोमा पनि ओलीले आफ्नो हात तल पर्न दिने छैनन् ।
प्रचण्ड समुहले एक्सन गर्नासाथ ओलीले पनि फायर खोल्नु स्वभाविक हो । प्रचण्ड समुहले ओलीलाई बाहिरको वाटो देखाउने निर्णय गर्नासाथ ओलीले उक्त निर्णयको वैधानिकता माथि प्रश्न उठाउँदै आफनै अध्यक्षतामा वैठक वसेर नेकपाको वैधानीक अध्यक्ष आफु रहेको र सुर्य चिन्ह आफुसँग सुरक्षित हुनुपर्ने दलिल पेस गर्नेछन् । र नेकपा र सुर्य चिन्ह आफैले राख्ने छन् ।
वि.सं.२०७७ पुस ७ मंगलवार १२:०८ मा प्रकाशित