back
CTIZAN AD

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने

वि.सं.२०७७ पुस ८ बुधवार

603 

shares

८ पुष । युरोपेली संघ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

‘युरोपियन मेडिसिन्स एजेन्सी’ ९ईएमए० ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य राष्ट्रहरूमा अर्को आइतबारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने सम्बन्धित मुलुकका सरकारी अधिकारीले बताएका छन् । यसका लागि जर्मनीले थुप्रै खोप केन्द्रहरू खडा गरिसकेको र शुरूमा जोखिममा रहेका नागरिकलाई आइतबार खोपको पहिलो मात्रा दिने अपेक्षा गरिएको छ । खोप विकास गरेको कम्पनी र विज्ञहरूका अनुसार कोरोनाभाइरस विरुद्धको यो खोपको दुई मात्रा लिनुपर्छ । पहिलो मात्रा लिएपछि रोगप्रतिरोधी क्षमता विकास हुन शुरू हुन्छ तर दोस्रो मात्रा दिइएको सात दिनपछि मात्र त्यसले पूर्ण प्रभाव देखाउछ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमित ३ लाख ११ हजार व्यक्तिको मृत्यु भइसकेको छ । क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको भन्दै यूरोपका अधिकांश मुलुकले नियन्त्रणका उपायहरूलाई पुनः सक्रिय बनाइएको छ । जर्मनी र नेदरल्यान्ड्सलगायतका मुलुकले आंशिक लकडाउन नै गरिसकेका छन् ।

वि.सं.२०७७ पुस ८ बुधवार ०९:२३ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...