back
CTIZAN AD

दक्षिण कोरियाली रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी भेला हुन रोक

वि.सं.२०७७ पुस ८ बुधवार

660 

shares

८ पुष । दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय गरेको छ ।

दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ । क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने बढी सम्भावना रहेको र यसले महामारी थप फैलिन सक्ने कारण दुई हप्ता भोजभतेर र रमाइलोमा नजान आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्यिोनमा घरभित्र वा बाहिर परिवारका सदस्यबाहेक चार जनाभन्दा माथि भेला हुन नपाइने व्यवस्थालाई बुधबारदेखि लागु गर्ने सूचना यसअघि नै भइसकेको छ ।

केन्द्र सरकारले वर्षान्तका समय हुने सामान्यभन्दा सामान्य भेलालाई पनि रद्द गर्न र कोभिड–१९ सङ्क्रमण फैलिन नदिन देशव्यापीरूपमा आग्रह गरेको छ । यसअघि नै निश्चित गरिएका कार्यक्रमहरूलाई पनि सरकारको निर्देशन बमोजिम सम्पन्न गर्न अधिकारीहरूले सुझाब दिएका छन् ।

उक्त अवधिमा सिनेमा हल वा कन्सर्टमा पनि साँझ नौ बजेपछि सेवा सञ्चालनलाई रोक्न भनिएको छ । स्कीलगायतका खेलकूद गतिविधिहरूलाई पनि आगामी १० दिन पूर्णतया रोक लगाइएको छ । उक्त समय पर्यटन, पार्क सवारी बन्द गरिनेछ भने होटेल, गेष्ट हाउस र अन्य आवासीय व्यवस्थापनलाई एक तिहाई क्षमतामा मात्र सञ्चालन गर्न भनिएको छ भने डिपार्टमेन्ट स्टोर्समा जाँदा फर्किदा पाहुनाको तापक्रम लिन अनिवार्य गरिएको छ ।

वि.सं.२०७७ पुस ८ बुधवार ०९:३७ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...