८ पुस, काठमाडौँ । आज बुधबार सुनको मूल्य ९ सयले घटेको छ ।
मंगलबार ९४ हजार ९ सय मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सयले घटेर ९४ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनपनि ९ सयले घटेर ९३ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ५० रुपैँयाले घटेर १२ सय ६५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७७ पुस ८ बुधवार ११:२५ मा प्रकाशित





























