८ पौष, काठमाडौं । नबिल बैंकको ३६ औं बार्षिक साधारणसभा आह्नन गरेको छ । बैंकले पुस २९ गते सभा बोलाएको हो ।
कम्पनिको पुस ६ गते बसेको समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनिको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले ३३.५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको १.७६ प्रतिशत नगद लाभांश पाउने छन् ।
साथै बैंकले साधारणसभामा लेखा परिक्षक नियुक्त गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिशनको लागि, वैदेशिक साझेदारीमा जानको लागि आवश्यक काम अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिइने छ ।
बैंकले साधारणसभाको लागि भन्दै पुस १५ गते बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम रहेको लगानीकर्ताले मात्रै लाभांश पाउने छन् ।
वि.सं.२०७७ पुस ८ बुधवार ११:१० मा प्रकाशित





























