८ पुस, काठमाडौं । पुस ५ भएको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको आज सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेकी थिइन् भने सोहि दिन आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिले मिती तय गरेककी थिइन् ।
राष्ट्रपति र प्रधानमन्त्रीसको असंवैधानिक कदमका विरुद्धमा उनीहरुलाईनै विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् । जसमध्य ११ वटा रिटको पेशी आजलाई र एउटा रिट संवैधानिक इजलासमा पठाइएकोले त्यसको पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीसको उक्त कदमको विरुद्ध रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायत छन् ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड- माधव नेपाल पक्षका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि आफूहरुको ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट राष्ट्रपति र प्रधानमन्त्रीले बन्चित गराएको भन्दै पुस ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
वि.सं.२०७७ पुस ८ बुधवार ११:०६ मा प्रकाशित






























