back
CTIZAN AD

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

वि.सं.२०७७ पुस ८ बुधवार

675 

shares

पुस ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल पक्षीय संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको छ । बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले प्रचण्डलाई चयन गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

यसअघि एकिकृत दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । तर, मंगलबार बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समितिको बैठकले ओलीलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो ।

मंगलबारको केन्द्रीय समिति बैठकले ओलीलाई हटाउँदै नयाँ नेता चयन गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बैठक बसेको हो ।

संसदीय दलको बैठकमा सयभन्दा बढि सांसदहरुको उपस्थिति रहेको उक्त पक्षले दाबी गरेको छ ।

वि.सं.२०७७ पुस ८ बुधवार १४:४४ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...