back
CTIZAN AD

नेपोली र युभेन्टस बिचको रद्ध भएको खेल पुन हुने

वि.सं.२०७७ पुस ८ बुधवार

681 

shares

एजेन्सी । अक्टोबरमा नेपोलीका  खेलाडीहरुमा कोरोना भाईरस पोजेटिभ देखिएपछि युभेन्टससँगको खेल हुन सकेको थिएन । उक्त खेल नहुदा सिरी ए ले युभेन्टसलाई ३- ० को बिजयी घोषणा गरी ३ अंक प्रदान गरेको थियोभने नेपोलीको एक अंक घटाएको थियो ।

नेपोलीले सिरी एको उक्त निर्णयको विरुद्धमा इटालीयन फुटबल फेडेरेसन र सिरी ए मा मुद्दा दाएर गरेपनि दुई संस्थाले उक्त मुद्दा खारेज गरिदिएको थियो । नेपोलीले पछि इटालीको खेलुकुद हेर्ने सर्बोच निकाय इटालीयन ओलम्पीक कमिटीमा मुद्दा दायर गरेको थियो ।

४ अक्टोबरको लागि हुनेभनिएको उक्त खेलमा नेपोलीका खेलाडीमा कोरोना देखिएपछि उनीहरु जुभेन्टसको घरेलु मैदानमा खेलका लागि उपस्थित हुन सकेका थिएनन् । त्यसैका कारण इटालीयन फुटबल फेडेरेसनले युभेन्टसलाइ बिजयी घोषणा गरेपनि पछि इटालीयन ओलम्पीक कमिटीले नेपोलीको पक्षमा निर्णय गरेको हो ।

उक्त निर्णय पछि नेपोली सिरी एको अंक तालीकामा तेस्रो स्थानमा उक्लीएको छ । अब उक्त खेल जुभेन्टसको घरेलु मैदानमा जनावरी १३ मा हुने भएको छ

वि.सं.२०७७ पुस ८ बुधवार १५:२५ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...