back
CTIZAN AD

पीएसजीको नयाँ प्रशिक्षक बन्दै पोचेटिनो, थोमस टुचेल बर्खास्त

वि.सं.२०७७ पुस १० शुक्रवार

708 

shares

९ पुस, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले माउरिसियो पोचेटिनोलाई नयाँ प्रशिक्षक बनाउने तयारी थालेको छ । पिएसजीले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।

पिएसजीले टोटनहमका पूर्व प्रशिक्षक पोचेटिनोलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा अनुबन्द गर्नलागेको एएफपीले लेखेको छ । पोचेटिनो र पिएसजी सम्झौताको नजिक रहेको र चाडै औपचारिक घोषणा गर्ने तयारीमा रहेको पनि एएफपीले लेखेको छ ।

टोटनहमबाट बर्खास्त भएपछि १२ महिनासम्म विभिध क्लबहरु समाल्ने भनि समाचारहरु आएका थिए । उनलाई यसअघि रियल मड्रिड, म्यानचेष्टर युनाइटेडस र युभेन्ट्स जस्ता क्लबसँग जोडिने समाचार आएपनि अन्तत उनले पियसजी समाल्ने भएका छन् । पोचेटिनो पियसजीका पूर्व खेलाडी समेत हुन उनले सन् २००१ देखि २००३ सम्म पार्क डे प्रिन्समा पीएसजीका लागि खेलेका थिए ।

टुचेल बर्खास्त भएपछी पीएसजीका स्टार स्ट्रायकर केलिएर एम्बाप्पेले सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन्,‘ यो फुटबलको नियमनै हो, तर तपाइले पीएसजीमा बिताएको समय कसैले भुल्ने छैनन् । तपाइले पीएसजीको इतिहासमा नयाँ किर्तिमान बनाउनु भएको छ, धन्यवाद कोच ।’

वि.सं.२०७७ पुस १० शुक्रवार ११:०३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...