back
CTIZAN AD

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सम्झौता

वि.सं.२०७७ पुस १० शुक्रवार

645 

shares

१० पौष, काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार सहुलियतपूर्ण कर्जा र सहज बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ। बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने जनाएको छ।

सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु¥याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए ।

बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र हाल व्यवसायीहरु कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरुलाई आवश्यकतानुसार अल्पकालीन देखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपुर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने देखि बैंकिङ्ग सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको बताए ।

ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरुलाई आवश्यक बैंकिङ्ग कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङ्गले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरुलाई बैंकसंग कारोबार गर्न प्राथमिकता दिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ्ग समस्या समाधान गर्दै एक आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए ।

महासंघका महासचिब दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने बताए ।

कार्यक्रममा बैंकका कर्मचारी, महासंघका पदाधिकारी तथा सदस्यहरु, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । र्

वि.सं.२०७७ पुस १० शुक्रवार ११:०३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...