back
CTIZAN AD

ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के होला निर्णय ?

वि.सं.२०७७ पुस १० शुक्रवार

600 

shares

पुस १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । जनाइएअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।

संसद विघटनपश्चात ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रिपरिषद विस्तार र प्रदेश सभाका विषयमा छलफल हुनसक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । साथै पार्टी विभाजनसँगै प्रदेश तहमा आफ्ना मुख्यमन्त्रीहरु अल्पमतमा परेको विषयमा पनि ओलीले कदम चाल्नसक्ने सम्भावना रहेको बताइएको छ ।

शुक्रबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

ओलीले एक टेलिभिजन अन्तरवार्ताको क्रममा पनि प्रदेश तहमा अविश्वासको प्रस्ताव दर्ता गरि आफुँ चुप लागेर नबस्ने बताएका थिए ।

वि.सं.२०७७ पुस १० शुक्रवार १३:५३ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...