back
CTIZAN AD

छिमेकीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

वि.सं.२०७७ पुस १० शुक्रवार

597 

shares

१० पुस, झापा । मेचीनगर नगरपालिका–९ बस्नेु पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ बर्षीय भुखन किसान रहेका छन् ।

पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि संघीय ईकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बुधलाललाई उनकै गाउँघर र भुखनलाई मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट पक्राउ गरेको हो ।

पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातीसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरु बीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ । साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिम समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १४:०६ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...