१० पुस, काठमाडौं । ललितपुरको लगनखेलबाट दुईजनालाई प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-१२ का २५ वर्षीय रामशरण मिजार र सोहि स्थानका १९ वर्षीय सुवास मिजार रहेका छन् ।
उनीहरुबाट प्रहरीले चोरी गरिएको बा ८१ प ५२७५ नम्बरको मोटरसाइकल समेत पक्राउ गरेको छ । उनीहरु उपर थप अनुसन्धार र कारवाहिको तयारी थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अभिषेक ढकालले काठमाडौंको कपनबाट उक्त मोटरसाइकल हराएको सूचना बिहीबार महाशाखामा दिएका थिए । सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेको भट्टराईले जानकारी दिए ।
प्रहरीले अभिषेक ढकालले दिएको जाएरीको आधारमा खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए । ढकालको मोटरसाइकल काठमाडौंको कपनबाट हराएको थियो ।
वि.सं.२०७७ पुस १० शुक्रवार १५:११ मा प्रकाशित





























